हेटौंडाः पदमपोखरी युनाईटेड हेटौंडामा जारी दोस्रो विजय युथ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा भएको सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी ए लाई २–१ गोलले हराउँदै पदमपोखरी फाइनलमा प्रवेश गरेको हो ।
१६ टिम सहभागिता प्रतियोगितामा पदमपोखरी समुह ए को विजेता बन्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत अहिले दोस्रोे सेमिफाइनल खेलमा आयोजक विजय युथ क्लब र चाइना क्वाटर क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । विजयी टिमले शुक्रबार हुने फाइनल खेलमा पदमपोखरी युनाइटेडसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।