हेटौँडाः अखिल नेपाल महिला (अनेम) संघ हेटौँडा उपमहानगर कमिटीले मदन भण्डारीको ७२ औं जन्मजयन्तीको सन्दर्भमा बुधबार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । हेटौँडा–१४ स्थित सुप्रभात आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीलाई कापी, कलमका साथै खेलकुदका सामग्री हस्तान्तरण गरिएको अनेम संघ हेटौँडा उपमहानगर कमिटीकी अध्यक्ष रञ्जिता सिलवालले जानकारी दिनुभएको छ ।
८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ८५ जना अध्ययनरत छन् । अनेम संघले विद्यालयका सबै विद्यार्थीलाई शैक्षिक एवम् खेल सामग्री हस्तान्तरण गरेको अध्यक्ष सिलवालले बताउनुभएको छ । नगर अध्यक्ष रञ्जिता सिलवालको अध्यक्षता तथा अनेम संघको केन्द्रीय सदस्य पदमा पौडेलको प्रमुख आतिथ्यमा भएको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अनिता बानियाँको पनि उपस्थिति रहेको थियो ।