हेटौंडाः बागमती प्रदेशसभाको बैठक मंगलबार बस्दैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को प्रस्तुत बजेटमाथि छलफल हुने भएको छ ।

बागमती प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको थियो । मंगलबार बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कडारुपमा प्रस्तुत हुने भएको छ ।

नेकपा एमाले र राप्रपाले प्रदेश सरकारले प्रस्तुत गरेको अहिलेको बजेट बेठिक भएको बताउँदै आएको छ भने सभाबाट पास हुन नदिने दावी गरेको छ । प्रदेशको बजेटको २७ प्रतिशत मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीको गृह क्षेत्रमा रहेको आरोप लगाउँदै आएको छ ।