फाइल तस्वीर ।

हेटौँडाः हेटौँडामा जारी शिक्षक भलिबल प्रतियोगितामा जीएस निकेतन र नवोदय शिुश सदन फाइनलमा प्रवेश गर्न सफल भएको छ । शनिबार हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा जीएसले जेनिथ इन्टरनेशन बोर्डिङ स्कूललाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने नवोदयले जनप्रिय माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

सेमीफाइनलका दुवै खेल २–० को सोझो सेटमा सकिएको थियो । जीएसले जेनिथलाई २५–१० र २५–१८ को सोझो सेटमा पराजित गरेको हो भने नवोदयले जनप्रियलाई २५–१८ र २५–१९ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिताको फाइनल खेल आइतबार दिउँसो ४ बजे हुने प्रतियोगिताका संयोजक राजाराम पोखरेलले जानकारी दिनुभएको छ ।

हेटौँडा उपमहानगर क्षेत्रका १५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले ३० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार र सेमफाईनलमा हार्ने टिमलाई १५/१५ हजार प्रदान गरिने प्रतियोगिताका संयोजक राजाराम पोखरेलले जानकारी दिनुभएको छ ।