म्यान अफ द म्याचको ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडामा जारी दोस्रो विजय युथ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार पदमपोखरी युनाइटेड र हर्नामाडी युथ क्लबबीच खेल भएको छ । प्रतियोगितामा पदमपोखरी युनाइटेड विजयी भएको छ । पदमपोखरी युनाइटेडले हर्नामाडी युथ क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको हो ।

पदमपोखरीले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा १ गोल गरेको थियो भने हर्नामाडीले पहिलो हाफमा गोल गर्न सकेको थिएन भने दोस्रो हाफमा २ गोल गर्न सफल भयो । हर्नामाडीको तर्फबाट समीर राज थोकर र सिरिङ लामाले गोल भने पदमपोखरीको तर्फबाट पहिलो हाफमा दिपेश आले मगरले २ गोल र प्रदिप लामाले १ गोल गरेका थिए । दोस्रो हाफमा विश्व लामाले १ गोल गरेका थिए । म्यान अफ द म्याच पदमपोखरीका जनक कार्की भए । आइतबार पहिलो खेल एफसी विजयी युथ र बागमती प्रदेश प्रहरी गणबीच हुनेछ भने दोस्रो खेल ढल्के जोवन फुटबल एकेडेमीबीच हुनेछ ।