हेटौंडाः हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले उपमहानरभित्र २० जना शिक्षकलाई पदस्थापना गरेको छ । शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भई उत्तीर्ण प्राथमिक तहको शिक्षकलाई बिहीबार पदस्थापना गरिएको हो ।
प्राथमिक तहको शिक्षकको रुपमा नियुक्तिपत्र लिएका शिक्षकलाई उपमहानरभित्र रहेका विद्यालयमा अध्यापनको लागि पदस्थापना गरिएको हो । सन्तोषी चौलागाई र लीलादेवी तिमल्सिनालाई हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको शिक्षकमा पदस्थापन गरिएको छ । कविताकुमारी भट्टलाई हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा र रञ्जिता थापालाई हेटौंडा–६ स्थित बालजागृति युवा वर्ष माध्यमिक विद्यालयमा पदस्थापन गरिएको छ ।
रीता श्रेष्ठलाई हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयमा, हरिना धामीलाई हेटौंडा–६ कै त्रिभुवन माध्यमिक विद्यालयमा र सुनिता पराजुलीलाई हेटौंडा–५ स्थित लक्ष्मी आधारभूत विद्यालयमा पदस्थापन गरिएको छ । यस्तै, संगीता घिमिरेलाई हेटौंडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा र सुनिता ढकाललाई हेटौंडा–१२ स्थित विष्णुज्योति आधारभूत विद्यालयमा पदस्थापन गरिएको छ ।
शारदा अधिकारीलाई हेटौंडा–१३ स्थित युगचेतना आधारभूत विद्यालय र शर्मिला पौडेल तथा तोपकुमारी हुमागाईंलाई हेटौंडा–१८ स्थित गोरक्षनाथ माध्यमिक विद्यालयमा पदस्थापन गरिएको छ । सम्झना सिंह ठकुरीलाई विष्णुज्योति आधारभूत विद्यालय हेटौंडा–१२, नेलबहादुर दर्लामीलाई कालिका आधारभूत विद्यालय हेटौंडा–१९, मनराज घलानलाई कालिका आधारभूत विद्यालय हेटौंडा–१, जनक फडेरा र मनोज कार्कीलाई विश्वज्योति आधारभूत विद्यालय हेटौंडा–१५ मा पदस्थापना गरिएको छ ।
यसैगरी रमेश साउदलाई अरनिको आधारभूत विद्यालय हेटौंडा–१९, असिम घिमिरेलाई आकाशधारा पानीसारा आधारभूत विद्यालय हेटौंडा–१६ र कुमारप्रसाद लुईटेललाई अरनिको आधारभूत विद्यालय हेटौंडा–१९ मा पदस्थापना गरिएको हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो ।