अन्तरक्रियामा आफ्नो कुरा राख्नुहुँदै एक अभिभावक ।

हेटौँडाः हेटौँडा–१६, हटियास्थित त्रिभुवन माविका ५४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । कक्षा–८, ९ र १० का अभिभावक भेलामा कक्षा ८ सम्मका छात्रा र दलित छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको शिक्षक शालिकराम घिमिरेले जानकारी दिनुभएको छ । ५४ जना विद्यार्थीलाई जनही ४ सय रुपैयाँका दरले २१ हजार ६ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको विद्यालयका लेखापाल सन्तोष परियारले जानकारी दिनुभएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोज कुमार पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद देवकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर दाहालको पनि उपस्थिति रहेको थियो । १ सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालयका अभिभावकले विद्यार्थीमा अनुशासन कायम गर्न नसकेको, पठनपाठन प्रभावकारी नभएको गुनासो गरेका छन् । विद्यार्थीले विद्यालय टाढा हुँदा विद्यालय आउजाउमा समस्या भइरहेको गुनासोे गरेका छन् ।