गुगल तस्विर ।

हेटौँडाः चितवन जिल्लाको राप्ती नगरपालिका–४, डडुवामा बसले ठक्कर दिँदा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ६५ वर्षीय झमकप्रसाद गौतम रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

जेठ २६ गते शुक्रबार पूर्व पश्चिम राजमार्गमा नारायणगढबाट बीरगंजतर्फ जाँदै गरेको ना ३ ख ९३६२ नम्बरको बसले बाटो काट्दै गरेका पैदलयात्री गौतमलाई ठक्कर दिएको थियो । ठक्कर दिँदा गौतम मध्यम घाइते भई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । घाइते गौतमको उपचारको क्रममा सोमबार बेलुका ९ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।