हेटौँडाः भारतले सीमा मिचेको भन्दै विरोधस्वरुप हेटौँडाको बुद्धचोकमा मंगलबार बिहान हस्ताक्षर संकलन गरिएको छ । मकवानपुर युवा संगठनको नेतृत्वमा हस्ताक्षर संकलन कार्यक्रम भएको मकवानपुर युवा संगठन जिल्ला अध्यक्ष सुनिल सिन्तानले जानकारी दिनुभयो ।
भारतले नेपालको सीमा मिचेको विरोधमा सबैको हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीलाई बुझाइने सिन्तानले बताउनु भयो । एमसीसी सम्झौता खारेज गर्न, नेपालको लुम्बिनी क्षेत्र समेटी भारतले साँस्कृतिक नक्सा प्रकाशन गरेको विषयमा पनि संगठनले विरोध जनाएको छ । भारतको साँस्कृतिक नक्सा खारेज गर्न, महंगी, भ्रष्टाचार, कमिसन, लघुवित्त र मिटरव्याजको ज्यादतीको विरुद्धमा हस्ताक्षर संकलन कार्यक्रम गरेको सिन्तानले बताउनुभएको छ ।