हेटौँडाः युवा पुस्तालाई सामाजिक कार्यमा सहभागी गराउन र युवाहरु मिलेर बचत गर्ने बानीको विकास गर्ने उद्देश्यले मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–४ मा “नेपाली युवा समूह” गठन गरिएको छ । शुक्रबार एक भेलाले विशाल सिंह ठकुरीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति छनोट गरिएको छ ।
शंकर सिंह ठकुरीको अग्रसरतामा गठन भएको युवा समूहको उपाध्यक्षमा कुमार थोकर र गौतम पाख्रिन, सचिबमा मिलन सिंह ठकुरी, कोषाध्यक्षमा सुजन थिङ र सहसचिबमा रबिन थोकर चयन हुनुभएको छ । समुहको प्रमुख संरक्षकमा शंकर सिंह ठकुरी, प्रमुख सल्लाहकारमा सकुल सिंह ठकुरी, राजकुमार सिंह ठकुरीलाई चयन गरिएको छ ।
“बन्दडाँडा नेपाली बचत समूह” पनि गठन गरिएको छ । महिनाको १०० रुपैयाँका दरले बचत गर्ने निर्णय भएको समूहका अध्यक्ष विशाल सिंह ठकुरीले जानकारी दिनुभएको छ ।











