हेटौँडाः हेटौँडामा अटो तथा मयुरी चालकहरुका लागि अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख वसन्त आचार्यले अटो र मयुरी चालकले नो पार्किङमा सवारी साधन राख्ने, मापसे गरेर सवारी साधन चलाउने, बढी यात्रु राखेर एकतर्फी बाटोमा विपरित दिशाबाट सवारी चलाउने, अनुमतीपत्र बिना सवारी चलाउने, रुट परमिट नलिई सवारी चलाउनेलाई कारबाही गरेर गत आर्थिक वर्ष करिब २८ लाख ४३ हजार र यस वर्षको जेठ महिना सम्म ५१ लाख राजस्व उठेको बताउनु भयो ।
बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न मकवानपुर जिल्लामा रहेको अटो, मयुरी, सुमो, म्याजिक चालकहरुलाई ट्रफिक नियमसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिने उद्देश्यले कर्यक्रम सञ्चालन गरेको उहाले बताउनु भयो । असार १ गतेदेखि मापसे गरेर सवारी साधन चलाएमा सवारी चालकहरुले मापसे सम्बन्धी कक्षा लिनुपर्ने व्यवस्था गरेको उहाँले बताउनु भएको छ ।