हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१० मा शनिबार मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघको १७ औं वर्षिक साधारण सभा संघको अध्यक्ष कृष्णा अर्यालको सभाध्यक्षता तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष सुजिल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
साधारणसभामा सचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ । संघका अध्यक्ष कृष्ण अर्यालको अनुसार आर्थिक मन्दिको विषयमा व्यापक छलफल भएको थियो । बढ्दो व्याजदरका कारण व्यवसायीहरुले आत्महत्या गर्न बाध्य भएको अवस्थामा राजमार्ग २५ मिटरले थप तनाव बढ्ने उहाँले बताउनुभयो । उद्योग वाणिज्य संघमार्फत स्थानीय सरकार, प्रदेश सरकारसँग सहकार्य गर्दै एकीकृत बजार व्यावस्थापन गर्न अनुरोध गरिएको अध्यक्ष अर्यालले बताउनु भएको छ ।