हेटौंडाः मकवानपुर जिल्लाको उत्तरी क्षेत्रको थाहा नगरपालिकामा पर्यटन साहित्य उत्सवको आयोजना गरिएको छ । साहित्य संगम मकवानपुरको आयोजनामा थाहा नगरको शिखरकोटमा कार्यक्रम गरिएको हो ।

देशकै पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको थाहा नगरपालिकामा आयोजना गरिएको दुई दिवसीय पर्यटन साहित्य उत्सवमा मकवानपुर, काठमाडौं तथा अन्य जिल्लाका साहित्यकारको सहभागिता थियो । बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, थाहा नगरपालिका र पालुुङ साहित्य परिषद्सँगको सहकार्यमा साहित्य संगम मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यका विभिन्न पाटाहरुमा बहस, अन्तरक्रिया र रचना वाचन गरिएको थियो ।

साहित्य संगम मकवानपुरको एकसय ३१ औं साहित्य सन्ध्याको अवसरमा ‘पर्यटनका लागि साहित्य’ भन्ने मुुल नाराका साथ उत्सवको आयोजना गरिएको बताइएको छ । उत्सवमा शुक्रबार गजल महफिलको आयोजना गरिएको थियो । गजलकार बाबुु त्रिपाठीले सहजीकरण गरेको महफिलमा धर्मराज स्याङ्तान, इन्दिरा अधिकारी, विद्या निर्दोष पहाडी, विनिता महत, श्रीराम अधिकारी, भरतप्रमोद दाहाल, सुवास सजललगायत गजलकारहरुले सभाहललाई गुञ्जयमान बनाएका थिए । महफिलमा ३५ जना साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

उत्सवको दोस्रो दिन शनिबार नियमति साहित्य सन्ध्या, कार्यपत्र प्रस्तुुति, बहस तथा कविता वाचन कार्यक्रम भएका थिए । मकवानपुरमा पर्यटन साहित्यः सम्भावना र चुनौती विषयमा निमेष निखिलले प्रस्तुुत गर्नुभएको कार्यपत्रमा सुवास खनालले टिप्पणी गर्नुभएको थियो । उक्त कार्यपत्रबारे सहभागी साहित्यकाहरुले विभिन्न धारणा व्यक्त गरेका थिए ।

दोस्रो दिन नै ‘साहित्यसँगै पर्यटनः आन्तरिक पर्यटनको प्रदीपन’ शीर्षकमा बहस गरिएको थियो । थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, भाषा, संस्कृति अध्येता ओम रिजाल तथा साहित्यकार माया मानवी बहसमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले पर्यटन प्रवद्र्धन गर्नका लागि आ–आफ्ना सल्लाह सुुझाव र चुनौतीमाथि धारणा व्यक्त गर्नुभएको छ । कार्यक्रममा वक्ताहरुले पर्यटनलाई साहित्यसँगै जोडेर लैजाने हो भने पर्यटन क्षेत्रको प्रचार र विकासमा अझ मद्दत पुुग्ने बताउनुभएको थियो । स्थानीय सरकारले साहित्यलाई अनुत्पादक क्षेत्रको रुपमा राख्ने गरेको उल्लेख गर्दै वक्ताहरुले साहित्यमार्फत् भाषा, संस्कृति र पर्यटन क्षेत्रलाई महत्वपूर्ण टेवा पुुग्ने बताउनुभयो । संगमका कोषाध्यक्ष मनोज पोखरेलले सहजीकरण गर्नुभएको बहस कार्यक्रममा साहित्यकार देवराज खरेलको अभिभावकत्व रहेको थियो ।

उत्सवमा पर्यावरणसँग सम्बन्धित कविता वाचन कार्यक्रम आयोजना गरिएको थियो । पर्यावरण कविता वाचन सेसनमा भावना सापकोटा, पुुण्यशिला श्रेष्ठ, रजनी पौडेल, ज्योत्सना श्रेष्ठ, सुुदीप गिरी, प्रज्वल अधिकारी, सुुरज पराजुली, नवराज बर्तौला, बाबु त्रिपाठी, प्रकाश समिर, राम बर्तौला, रसिक राज, श्यामकुमार बानियाँ, देवराज तिवारी, विशाल अधिकारी, संप्रस पौडेल, मसान उपासक, अञ्जय प्रधान, यस लामा, चिरञ्जीवी लामिछाने, बैकुण्ठ लामिछानेलगायतले रचना वाचन गरेका थिए । महाकाव्यकार नवराज लम्सालको अभिभावकत्व रहेको सो कार्यक्रमको सहजीकरण संगमका उपाध्यक्ष सानु खनालले गर्नुभएको थियो ।

उत्सव साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा थाहा नगरपालिकाका नगरप्रमुुख विष्णुु विष्टको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि विष्टले देशको संघीय राजधानीसँग जोडिएर पनि मकवानपुुर पर्यटन क्षेत्रको ओझेलमा परिरहेको बताउनुभयो । मकवानपुरको थाहा नगरपालिकालाई पर्यटकीय क्षेत्रको हब बनाउने गरी थाहा नगरपालिकाकाले काम गरिरहेको उहारुले बताउनुभयो । विश्वका अग्ला शिखरदेखि कला संस्कृति, मानव सभ्यता, भौतिक निर्माण, विभिन्न प्रजातिका फलफूल, जडिबुटी, चिसो हावापानी र सुन्दर भौगोलिक बनावट र प्राकृतिक सुन्दरका लागि दामन धनी रहेको नगरप्रमुख विष्टले जानकारी दिनुभयो ।

चैत्र, बैशाखमा लालीगुराँसले ढकमक्क हुने यो ठाउँमा यतिबेला आन्तरिक पर्यटनको घुइँचो लाग्न थालेको छ । तर यहाँबाट वाह भनेर गएकाहरु किन फेरि फर्केर बसोबासका लागि या अन्य कर्म गर्नका लागि यहाँ आउँदैनन्, योचाहिँ चिन्ताको विषय भएको विष्टले उल्लेख गर्नुभयो । एकपटक आएकाहरुलाई फेरि आउने वातावरण बनाउन थाहा नगरपालिकाले अध्ययन गरेर काम गरिरहेको उहाँले बताउनुभयो ।

थाहा नगरपालिकाका उपप्रमुुख भरत गोपालीले साहित्यमा लगानी गरेर पर्यटन भित्र्याउन साहित्यिक संघसंस्था र साहित्यकारको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले साहित्यमार्फत् पनि पर्यटन क्षेत्रको प्रचारप्रसार र विकास सम्भव छ भन्ने बल्ल बुुझ्दै गएको उल्लेख गर्नुभयो । उपप्रमुुख गोपालीले साहित्यसँग मनमुटु जोडिएको र आगामी दिनमा साहित्यलाई अझ माथि उठाउन विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उत्सवमा साहित्य संगम मकवानपुरका पूूर्वअध्यक्षहरु निमेष निखिल, श्यामकुमार बानियाँ, सुवास खनाल, पालुुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अञ्जान, भीम विराग साहित्य कला प्रतिष्ठान, आँचल साहित्य कला पुञ्ज, सिस्नुपानी नेपाल मकवानपुर, नेपाली लेखक संघ, गजल मञ्च मकवानपुरलगायत मकवानपुर जिल्लाका विभिन्न साहित्यिक संघसंस्था तथा साहित्यकारको उपस्थिति रहेको थियो ।