हेटौंडाः बागमती प्रदेशसभाको बैठक जेठ १४ गते आइतबारदिउँसो २ बजेलाई बोलाइएको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले विनियोजित बजेटको सिद्धान्त छलफल सकिएपछि बैठकको समापन गर्दै पुनः बैठक आह्वान गर्नुभएकोे हो ।

आइतबार बस्ने बैठकमा प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । प्रदेश प्रमुख शर्माले प्रदेशसभाका सबै सदस्यलाई औपचारिक पोशाकमा १५ मिनेट अगाबै बैठकमा उपस्थित हुनुपर्ने बताउनुभयो ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेकको सैद्धान्तिक छलफलपछि आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट निर्माणमा छुटेका विषय समावेश गरी जाने बताउनुभयो । बजेट निर्माणमा छुटेको पक्ष जोड गरेर लैजाने उहा“ले बताउनुभयो ।

बजेट बनाउने क्रममा सिमान्तकृत, पिछडिएका वर्गहरु र अपाङ्गता आजको समयमा प्रमुख विषय भएकाले नीति तथा कार्यक्रममा समावेश हुने गरी प्रि–बजेट ल्याएको बताउनुभयो । प्राथमिकता र सिद्धान्तमा आधारित रहेर बजेट बनाएको उहाँले बताउनुभयो । प्रदेशभित्र हुने उत्पादन बजारीकरण गर्ने र दिगो विकासको योजनाको विषय नीति तथा कार्यक्रममा प्रस्तुत गर्ने बताउनुभयो ।