हेटौँडाः हेटौंडा उपमहानगरपालिकाले बुधबार २१ जनालाई अपाङ्ता परिचयपत्र वितरण गरेको छ । निवेदनको आधारमा मासिकरुपमा वितरण गरिँदै आएको अपाङ्ता परिचयपत्र उपमहानगरले वितरण गरेको हो ।
बैशाख महिनामै वितरण गर्नुपर्ने परिचयपत्र जेठ महिनाको पहिलो सातामा वितरण गरिएको हो । २३ जनाको निवेदन परेपनि २ जना परिचयपत्र बनाउन नआएको हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुुभयो ।
९ जनालाई ‘क’ वर्गको, ८ जनालाई ‘ख’ वर्गको, ३ जनालाई ‘ग’ वर्गको र १ जनालाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ताअन्तर्गत् परिचयपत्र वितरण गरिकाहरुलाई भत्ता वितरण गरिने उहाँले बताउनुभयो । पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, मध्यम अशक्त अपाङ्गता, सामान्य अशक्त अपाङ्गता गरी ४ वर्गमा विभाजन गरिएको उहाँले जानकारी दिनुभयो ।