बेवारिसे युवतीको तस्वीर । उद्

हेटौंडाः सिन्धुलीको फिक्कल गाउँपालिकाबाट एक जना बेवारिसे युवतीको मानवसेवा आश्रमले उद्दार गरेको छ । आन्दाजी २२ वर्षीया मुन्नी चमारलाई उद्दार गरी आश्रमको हेटौंडास्थित मुख्य कार्यालयमा बुधबार ल्याइएको हो ।

एउटा खुट्टा नचलेको र मानसिकरुपमा पनि अशक्त रहेको अवस्थामा युवतीलाई उद्दार गरिएको मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको समन्वयमा उद्दार गरिएको उहाँले बताउनुभयो । अभियन्ता पौडलेका अनुसार उद्दार गरिएकी चमार ७ महिनादेखि सडकमा बेवारिसे अवस्थामा रहेको पाइएको छ । यस्तै युवतीको एक छोरी पनि रहेको उहाँले जानकारी दिनुभयो ।