हेटौँडाः जेसीआई हेटौँडाले जेसीज सप्ताह २०२३ को अवसरमा शुक्रबार हेटौँडा–१५, चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरकै दुर्गम क्षेत्रको रुपमा रहेको चिप्लेटीमा जेसीआई हेटौँडाले हरेक वर्ष सहयोग गर्दै आएको छ ।
हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक प्रमोद चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर घलानलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । सन् २०१५ देखि विश्वज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै आएको जेसीआई हेटौँडाका महासचिव विवके आनन्द न्यौपानेल जानकारी दिनुभएको छ ।
सुदीप तिमल्सिनाको संयोजनमा भएको कार्यक्रममा जेसीआई हेटौँडाका अध्यक्ष श्रवणकुमार बर्तौला, निवर्तमान अध्यक्ष पवन कांशकार, पूर्वअध्यक्षहरु कुशकुमार रिजाल, काव्यमणि अधिकारी, कृष्णबहादुर कार्कीको पनि उपस्थिति रहेको थियो । जेसीज सप्ताहको अवसरमा जेसीआई हेटौँडाले रक्तदान कार्यक्रम पनि गरेको थियो । जेसीज सप्ताहको आज एक कार्यक्रमको आयोजना गरी समापन गरिँदैछ ।