सांकेतिक तस्विर ।

हेटौँडाः लागुऔषध अफिमसहित मकवानपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालयबाट अटिएको प्रहरी टोलीले लागुऔषधसहित तीजनालाई पक्राउ गरेको हो ।

सोमबार राती ८ बजेको समयमा हेटौँडा–७ बाट स्थानीय ५६ वर्षीय जय बहादुर मुक्तान, बारा जिल्लाको निजगढ नगरपालिका–१२ का २४ वर्षीय विष्णुलाल थिङ, मकवानपुर जिल्लाको बकैया गाउँपालिका–६ का ३२ वर्षीय दिनेश थिङलाई २ केजी ९ सय ग्राम लागुऔषध अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ ।