सांकेतिक तस्वीर ।

हेटौँडा: काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–७, खोलेखेतमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शनिबार पाँचथरबाट काठमाडौं जाँदै गरेको बा ७२ प ४७०१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडकबाट २५ फिट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा काठमाडौं टोखा–२, बस्ने ६५ वर्षीय विचारी हिङमाङ गम्भिर घाइते भएका थिए । स्कुटरमा पछाडी सवार विचारीकी श्रीमति ५० बर्षीया निर्मला हिङमाङ सामान्य घाईते भएका थिए । घाइते विचारीको उपचारका लागि जिल्ला अस्पताल धुलिखेल लगिएको थियो । थप उपचारका लागि दुबै घाईतेलाई टिचिङ अस्पताल काठमाडौ लगेकोमा विचारीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।