उद्घाटन कार्यक्रममा सहभागीहरु ।

हेटौँडाः हेटौँडा–४, स्थित रोयल पार्टी प्यालेसको सभाहलमा वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका र बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा आजबाट मेला सुरु भएको हो ।

मेलमा रोजगारको खोजीमा रहेका युवायुवती, विद्यार्थीलाई वृत्ति मार्ग निर्देशन गर्ने तथा रोजगारदाता भेट र सेवा प्रदान गर्ने सरकारी गैह्रसरकारी निकायहरुसँग गराउने उद्देश्य रखिएको छ । मेलामा विभिन्न संस्थाहरुको ४३ वटा स्टल रहेका छन् । मेला २ दिनसम्म सञ्चालन हुनेछ । मेला उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको अध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय सचिव रामकृष्ण पुडासैनी, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, उद्योग वाणिज्य संघ मकवानपुर उपाध्यक्ष उज्वल चौलागाई लगायतको उपस्थिति रहेको थियो ।