हेटौँडाः औषधी व्यवसायी संघ मकवानपुरले मकवानपुर जिल्लाका औषधी व्यवसायीलाई औषधी विक्रीसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । नशालु औषधीको दुरुपयोग हुन सक्ने भएकोले त्यस्ता औषधीको विक्रीवितरण गर्दा ध्यान दिनुपर्ने कुरा, औषधीको सुरक्षित व्यवस्थापनका विषयमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायण लाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
शनिबार हेटौँडामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा औषधी व्यवस्था विभागका प्रमुख मुकेन्द्र पञ्जीयारले सहजीकरण गर्नुभएको थियो । कतिपय औषधी दूव्र्यसनीमा फसेकाहरुले दुरुपयोग गर्ने जोखिम रहने भएकोले त्यसतर्फ पनि व्यवसायीलाई सतर्क गराउन अभिमुखीकरण प्रभावकारी भएको अध्यक्ष श्रेष्ठको भनाइ थियो । मानसिक सन्तुलन गुमाएका विरामीले सेवन गर्नुपर्ने औषधीहरु दूव्र्यसनीमा फसेकाहरुले प्रयोग गर्ने गरेका छन् । अभिमुखीकरण कार्यक्रममा एक सयभन्दा बढी संख्यामा व्यवसायीको सहभागिता रहेको थियो । मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रम भएको हो ।