हेटौंडाः कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई मकवानपुर प्रहरीले कक्षा १२ को बार्षिक परीक्षा दिइरहेका बेला पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको वृन्दावन नगरपालिका–३, का २२ वर्षीय विवेक यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाव उपरीक्षक (डिएसपी) टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
यादवलाई प्रहरीले बुधबार हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविस्थित परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । यादवलाई ६ महिना अगाडि कर्तव्य ज्यान कसुरमा मुद्दा परेको थियो । पक्राउ परेका यादवलाई मकवानपुर प्रहरीले बुधबार नै रौतहट पठाएको जनाएको छ ।











