उपशाखा सभापति निर्वाचित सापकोटालाई प्रमाणपत्र वितरण गरिँदै ।

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी हेटौंडा–७, नागस्वती उपशाखाको सभापतिमा हरी गोपाल सापकोटा चयन हुनुभएको छ । शनिबार भएको अधिवेशनले सापकोटाको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको उपसभापतिमा अस्मिता चौलागाई, सचिवमा किरण लामिछाने, कोषाध्यक्षमा सुशील सुवेदी, उपसचिवमा अर्जुन श्रेष्ठ, उपकोषाध्यक्षमा युवराज गौतम चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा परमेश्वरी दाहाल, श्याम कुमार दाहाल, सीताराम तिमल्सिना, श्याम काजी भण्डारी र सम्बल चौलगाई चयन हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहने छ । साधारणसभामा नेपाल रेडक्रस सोसाइटी मकवानपुरकी मन्त्री सुमित्रा काफ्ले, निर्वाचन प्रमुख शिवहरी दाहाल र कोषाध्यक्ष इश्वर बर्तौला लगायतको उपस्थिति रहेको थियो ।