जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले उद्घाटन गर्नु हुदैँ ।

हेटौंडाः मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा हेटौंडामा आधारभूत सहकारी व्यवस्थापन तालिम सुरु भएको छ । ६ दिन सञ्चालन हुने तालिम आइतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले उद्घाटन गर्नुभयो ।

संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रिप्रसाद लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रबन्धक रामेश्वर अर्यालको पनि आतिथ्य रहेको थियो ।

तालिममा कल्पना श्रेष्ठ, विष्णुमाया लामा, बद्रिप्रसाद लम्साल, भीम परियार, शर्मिला डंगोल, भीम पाख्रिन, वीरेन्द्रप्रसाद ढुंगाना, गोविन्द दाहाल, रामेश्वर अर्याल, र सिताराम दाहालले सहजीकरण गर्नुहुनेछ । तालिममा जिल्लामा रहेका बहुउद्देश्यीय सहकारी, कृषि सहकारी र बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र कर्मचारी गरी ३० जनाको सहभागिता रहेको छ ।