फाईल तस्वीर ।

हेटौंडाः हेटौंडामा खुल्ला हेटौंडा साइकल रन प्रतियोगिता हुने भएको छ । आगामी शनिबार उपमहानगरपालिकाको आयोजनामा प्रतियोगिता हुने भएको नगर खेलकुद विकास समितिका प्रमुख चन्द्र शाहीले जानकारी दिनुभयो ।

उपमहानरपालिकाले पहिलो पटक साइकल रन प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता शनिबार बिहान ७ बजे हेटौंडा–४ स्थित हुप्राचौरबाट सुरु भई करिब २० किलोमिटर दुरी पार गरेर पुनः हुप्रचौरमा आएर समापन हुने अध्यक्ष शाहीले बताउनुभयो । प्रतियोगितामा सहभागि जनाउन मकवानपुर जिल्लाभित्रका इच्छुकहरुले शनिबार बिहान ६ बजेर ४५ मिनेटसम्ममा फारम भर्न सकिने उहाँले बताउनुभयो । प्रतियोगितामा प्रमथ, द्वितीय र तृतीय हुनेले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सान्त्वना हुने दुई जनाले नगद १०–१० हजार रुपैयाँ प्राप्त गर्ने जनाएको छ । उपमहानगरपालिकाले गएको बैशाख ३ गते नयाँ वर्षको अवसरमा हेटौंडा खुल्ला रन प्रतियोगिता आयोजना गरेको थियो ।