हेटौंडाः मकवानपुर जिल्लामा गत माघ महिनायता ३ हजार ३ सय ३० जनाले नागरिकता प्राप्त गरेका छन् । बंशजका आधारमा ३ हजार ३ सय २६ र बैवाहिक अंगीकृतका आधारमा ४ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो ३ महिनामा एक हजार ५ सय ८३ पुरुष र एक हजार ७ सय ४३ महिलालाई बंशजको आधारमा नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका कम्प्युटर अपरेटर अमितकुमार कर्णले जानकारी दिनुभयो ।
पछिल्लो ३ महिनामा नागरिकताको प्रतिलिपि लिनेको संख्या ३ हजार एक सय ५० छ भने ५ हजार ६ सय ३२ जनाले राहदानीका लागि सिफारिस लिएका छन् ।