हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा करेला, भिन्डी र काउलीको मूल्य घटेको छ । थोक तरकारी बजारका व्यवसायी मुन्ना केशरीले केही दिन यता तरकारीको मुल्यमा केही गिरावट आएको बताउनुभयो । बजारमा मिटर बोडी सोमबार प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै करेला प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको छ भने भिन्डी प्रतिकेजी ७० रुपैयाँमा विक्री भएको छ ।
सोमबार काउली प्रतिकेजी २५ रुपैयाँमा कारोबार भएको छ । काँक्रोको प्रतिकेजी ४०, गोलमेँडा प्रतिकेजी २५, आलु प्रतिकेजी २७, प्याज प्रतिकेजी ३५, बन्दा १५ रुपैयाँमा कारोबार भएको छ । यस्तै घिरौँला प्रतिकेजी ३०, घिउ सिमी प्रतिकेजी ३५, मटर कोशा प्रतिकेजी १००, काउली २५, र लौका पनि प्रतिकेजी १५ रुपैयाँमा विक्री भएको छ । फर्सी प्रतिकेजी २०, गाजर प्रतिकेजी ६०, मुला प्रतिकेजी २५, खुर्सानी प्रतिकेजी ८०, सजीवन प्रतिकेजी ७५, धनियाँ प्रतिकेजी ३५, कागती प्रतिकेजी २५० र रुख कटहर प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको व्यवसायी केशरीले जानकारी दिनुभएको छ ।