मकवानपुरको थाहा नगरपालिकास्थित इअन इंग्लिस एकेडेमीमा ७ कक्षाको परीक्षा दिएर ८ कक्षामा उत्तीर्ण भएको नतीजा आउँदै गर्दा दिना गोपालीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मकवानपुर जिल्लाका लागि २ वटा स्वर्ण पदक दिलाइन् । दिनाले १०० र २०० मिटर दौडमा जिल्लाका लागि दुईवटा स्वर्ण पदक जितेकी हुन् । विद्यालयतस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाएको पहिलो पटकमै पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेकी दिना गोपालीसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः प्रदेशस्तरीय छनौटमा स्वर्ण पदक जित्नुभयो, स्वर्ण पदक जित्दा कस्तो लाग्यो ?
गोपालीः स्वर्ण पदक जित्दा एकदम राम्रो लागेको थियो । प्रथम हुने भनेर त्यसैअनुसार पूरा तयारी गरेर गएकी थिएँ । प्रथम पनि भएँ । खुसी लागेको छ ।
समाजः पहिलोपटक सहभागी हुनुभयो । प्रतियोगितामा सहभागी हुने अवसर कसरी रह्यो श्र
गोपालीः म सानैदेखि दौडमा सहभागी हुन्थेँ । साथीहरुसँग खेल्थेँ । योभन्दा अघिल्लो वर्ष पनि हामी भाग लिन जाने तयारी गरेका थियौं तर त्यो बेला सरले हामीलाई लग्नुभएन । मैले हन्ड्रेड ईन्टु फोरमा पनि जाने भनेकी थिएँ । हामीलाई सरले साथीहरुबीच रनिङ गराउनुभयो । त्यसपछि सरले मलाई जाउ भन्नुभएको थियो ।
समाजः राष्ट्रिय प्रतियोगिताको क्लोज क्याम्प भोलि (आइतबार) बाट शुरु हुँदै छ, कस्तो लागिरहेको छ ?
गोपालीः राष्ट्रिय प्रतियोगितामा पनि स्वर्ण पदक जित्छु भन्ने लागिरहेको छ ।
समाजः यो सँगै अरु प्रतियोगिता बाहेक अरु खुला प्रतियोगितामा पनि सहभागी हुन्छु भन्ने चाँहि कत्तिको लागिरहेको छ ?
गोपालीः सकेसम्म सबै प्रतियोगितामा सहभागी हुन्छु जस्तो लागिरहेको छ ।