हेटौंडाः चितवनमा भइरहेको उपचुनावका कारण हेटौंडा भएर चितवन चल्ने सबै गाडीलाई रोकिएका छन् । आइतबार बिहान ५ बजेर ३० मिनेटपछि पूर्व–पश्चिम सडकखण्ड भएर चल्ने लामो र छोटो दूरीका सबै गाडी चलाउन रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख बसन्त आचार्यले जानकारी दिनुभएको छ ।
उक्त सडकखण्डमा चल्ने गाडीहरुलाई साँझ ५ बजेसम्म रोक लगाउन निर्देशन आएको उहाँले बताउनुभयो । मतदान तोकिएको समय साँझ ५ बजेसम्म सकिए बाटो खुलाउने र त्यसभन्दा ढिला भएमा बेलुका ६ बजेपछि मात्रै चल्न दिने उहाँले बताउनुभयो । चितवनमा भइरहेको निर्वाचनमा ट्राफिक व्यवस्थापनका लागि मकवानपुरमा १५ जना ट्राफिक टोली पठाइएको उहाँले बताउनुभयो । उहाँले पूर्वबाट आएको गाडीहरुलाई बिहानदेखि लोथरमा रोकेर राखेको र थाहा आइरहेकोहरुलाई हेटौंडामा रोकेर राखेको उहाँले बताउनुभयो । अत्यावश्यक गाडीहरुलाई भने बाटो खुला गरिने उहाँले बताउनुभयो ।