गुगल तस्विर ।

हेटौंडाः चितवन जिल्लाको कालिका नगरपालिका–७ विजय टोलमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजय टोल बस्ने ५२ वर्षीय सार्की प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रजा बुधबार साँझ ६ बजेको समयमा घर नजिकैको जंगलमा घाँस काट्रने क्रममा रुखबाट लडेर गम्भिर घाइते भएका थिय । घाईते प्रजालाई उपचारको लागि भरतपुर सरकारी अस्पतालमा लगेकोमा उपचारको क्रममा ६ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा एक जनाको पुरुषको शव फेला परेको छ । शव फेला पर्नेमा काठमाण्डौ जिल्ला स्युचाटार ७ घर भई हाल चितवनको भरतपुर–१ देवघाटमा रहेको एनआरएन बृद्ध आश्रममा बस्दै आएको ६५ वर्षीय भरत प्रसाद दवाडी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । दवाडी बुधबार बिहान ११ बजेर ३५ मिनेटको समयमा नारायणी नदिले बगाई ल्याएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, काभ्रे जिल्लाको बनेपा नगरपालिका–४ नाला एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–४ घर भई हाल काभ्रे बनेपा–४ नाला डेरा गरी बस्ने २८ वर्षीय सरस्वती विक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । विक चैत २९ गते देखि धुलिखेल अस्पतालमा सुत्केरी भएको र कोरोना समेत पोजेटिभ देखिएको थियो । उपचार नगरी डिस्चार्ज लिई बैशाक २ गते घर लगेकोमा बुधबार गाह्रो भई पुन उपचारको लागी शिर मेमोरियल अस्पताल ल्याउदै गर्ने क्रममा बाटोमा नै मृत्यु प्रहरीले जनाएको छ ।