हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–६ ठुलो ज्यामिरेमा दुई घरमा आगलागी भएको छ । मगंलबार दिउँसो २ बजेको समयमा वनमा लागेको डंढेलोबाट लागेको आगोले घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागीबाट लाखौंको क्षति भएकोे छ । ठुलो ज्यामिरे बस्ने ६५ वर्षीया दुर्गा माया भोलन र ६२ वर्षीय लाल बहादुर लोको घरमा आगलागी भएको हो । भोलनको घर–गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । ७ वटा बाख्रा, कुखुरा १२ वटा जलेको र अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठ, नगद, पुरानो सिक्का गरी सात लाख पाँच हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त आगलागीबाट लोको खरले छाएको काठले बनेको घरमा आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको, मानवीय तथा चौपाया क्षति नभएको, अन्नपात, लत्ताकपडा, भाडावर्तन, घर, काठ गरी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।