सांकेतिक चित्र ।

हेटौंडाः धारिलो हतियारको प्रहारबाट मंगलबार साँझ हेटौंडामा एक युवक घाइते भएका छन् । घाइते हुनेमा हेटांैडा–८, फारलाईनका १७ वर्षीय सन्दिप थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मंगलबार हेटौंडा–५, पुष्पलाल पार्क नजिक रहेको स्टेप पार्कको ट्वाईलेटमा पिसाब फेर्ने क्रममा पछाडिबाट धारिलो हतियारले प्रहार भएको थियो । हतियार प्रहारबाट सन्दीपको ढाड र टाउको माथिको भाग र बाया पट्टिको पिठियुमा चोट लागेको छ । थिङलाई उपचारका लागि हेटौंडा अस्पताल पु¥याइएको थियो । सन्दीपलाई थप उपचारका लागि राति ८ बजेको समयमा चितवन रिफर गरेको प्रहरी जनाएको छ । सन्दीपलाई हतियार प्रहार गर्नेको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।