खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा–१० स्थित नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा मामाघर नेपाललाई सहयोग गरेको छ । सहकारीको १५ औं स्थापना दिवसको अवसरमा मंगलबार हेटौंडा–११ स्थित मामाघर नेपाल परिसरमै पुगेर सहकारीले ७ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

सहकारीका अध्यक्ष नवराज खनाल र हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेलले संयुक्तरुपमा खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो । ७ सय ४५ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ४४ लाख रुपैयाँ रहेको छ । ३ करोड ५ लाख रुपैयाँ ऋण लगानी गरेको सहकारीले २ करोड ४ लाख रुपैयाँ बचत संकलन गरेको छ ।