सामग्री वितरण गरिदै ।

हेटौंडाः मनहरी गाउँपालिका–९, ज्यामिरेका किसानलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । धनेश्वरी कृषक समूह माथिल्लो ज्यामिरेलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको कृषि सामग्री हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले सोमबार एक कार्यक्रम गरी कृषि सामग्री हस्तान्तरण गरेको छ । चैते धान बाली चक्लाबन्दी कार्यक्रमअन्तर्गत् परियोजना कार्यावन्यन एकाइको सामग्री उपलब्ध गराइएको कार्यक्रम प्रमुख अनिल तिवारीले जानकारी दिनुभयो ।

परियोजनाबाट ८ लाख र कृषक समूहबाट ८ लाख गरी १६ लाख रुपैयाँ मूल्यका कृषि सामग्री खरिद गरी वितरण गरिएको छ । धनेश्वरी कृषक समूहका ८० घरधुरी किसानलाई स्प्रे पम्प, त्रिपाल, मललगायतका कृषि सामग्री वितरण गरिएको हो ।

आयोजनाले कृषि आधुनिकीकरण तथा यान्त्रिकरणको प्रयोग गरी खेती गर्दा लागत कम भई उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्य लिएको परियोजनाको मकवानपुर धान जोन जिल्ला संयोजक बिमला कार्कीले बताउनुभयो । सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि एवम् साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरी–८ का अध्यक्ष कार्कीले नेपाल सरकार किसानसँग यस्तै सहयोगको माध्यमद्वारा जोडिएको जानकारी दिनुभयो । उहाँले किसानहरुको उत्साहजनक सहभागिताका कारण परियोजना अगाडि बढ्न सफल भएको बताउनुभयो । आगामी दिनमा चैते धान चक्लाबन्दी कार्यक्रमले अझ सफलता हासिल गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

हर्दिनाथ जातका धानलाई चक्लाबन्दी कार्यक्रमअन्तर्गत् प्रबद्र्धन गर्न खोजिएको बताइएको छ । किसानहरुलाई प्रत्यक्षरुपमा सरकारको अनुभूति दिलाउन यो कार्यक्रम सफल हुने कृषक समूहका अध्यक्ष लोकनाथ ढुंगानाले बताउनुभयो । परियोजनाले ज्यामिरेलाई छनोट गरी किसानहरुमा हौसला थपिदिएकोमा परियोजना र सम्बद्ध व्यक्तिलाई उहा“ले धन्यवाद व्यक्त गर्नुभयो ।