हेटौंडाः हेटौंडा–४, अजरअमररोडस्थित थर्ड आइ एजुकेशन सेन्टरले अध्ययनका लागि जापान जाने विद्यार्थीलाई विदाई गरेको छ । शनिबार बिहान एक कार्यक्रमका बीच विद्यार्थीलाई मायाको चिनो प्रदान गरी विदाई कार्यक्रम गरेको हो । ६ महिनादेखि एक वर्षको अवधि जापानी भाषा अध्ययन गरेर आगामी बैशाखभित्र जापान जाने निश्चित भएका विद्यार्थीलाई विदाई गरिएको हो ।
थर्ड आइका सञ्चालक बेलप्रसाद खतिवडाको अध्यक्षता तथा हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्पण पराजुलीको प्रमुख आतिथ्यमा विदाई कार्यक्रम भएको हो । प्रमुख अतिथि अर्पण पराजुलीले जापानमा पुगेर व्यक्तिगत प्रगति र लाभको विषय मात्रै नभई आफ्नो समाज र मुलुकको विकासका लागि ज्ञान, सीप र दक्षता हासिल गरेर फर्कन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
थर्ड आइका सञ्चालक बेल प्रसाद खतिवडाले जापानमा शिक्षासँगै रोजगारी र राम्रो आयको अवसर रहेकोले विद्यार्थीको आकर्षण रहेको बताउनुभयो । विदाई कार्यक्रममा जापान जाने निश्चित भएका विद्यार्थी निसक दंगालले विद्यार्थी र जापानलाई जोड्ने काम गरिदिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।