क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायलाई अनुरोधपत्र बुझाउनुहुँदै स्ववियु अध्यक्ष छोइसाङ लामा ।

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सेनिटरी प्याड भेन्डिङ मेसिन राखेर छात्राहरुका लागि सहजै सेनिटरी प्याड उपलब्ध गराउन क्याम्पस प्रशासनलाई अनुरोध गरेको छ ।

मंगलबार मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायलाई स्ववियु अध्यक्ष छोइसाङ लामाले अनुरोधपत्र बुझाएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा छ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् ।