तालिम लिनेहरुको सामुहिक तस्विर ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मकैको बीउ उत्पादनसम्बन्धी तालिम सम्पन्न भएको छ । बुधबार मकैबाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत मकैको बीउ उत्पादन प्रविधि विषयक ३ दिने तालिम भएको हो । मकवानपुरगढी गाउँपालिका–२, ५ र ७ नम्बर वडाको ३० हेक्टर क्षेत्रफलमा बीउ उत्पादन कार्य भइरहेको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

विभिन्न समूह तथा सहकारीमार्फत रामपुर कम्पोजिट जातको मकैको बीउ लगाउने कार्य भइरहेको उहाँले बताउनुभयो । बीउ उत्पादनमा संलग्न कृषकहरुलाई लक्षित गरी तालिम संचालन गरिएको हो ।२५ जना कृषकहरुले तालिम लिएका छन् ।

सोमबारदेखि सुरु भएको तालिममा बीउबिजन प्रयोगशालाका बीउ विकास अधिकृत कुलप्रसाद तिवारी, गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, आविष्कार खतिवडा, कृषि प्राविधिक गोपाल लम्साल र शिखर ईन्स्योरेन्स कम्पनी हेटौंडाका शाखा प्रबन्धक प्रमोद पोखरेलले सहजीकरण गर्नुभएको थियो ।