हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा ७० वटा बाल समूह गठन भएको छ । हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाका अनुसार ४७ विद्यालयस्तरीय र २३ वटा टोलस्तरीय गरी ७० वटा बाल समूह गठन भएको हो ।
बाल समूह गठनले बालबालिकाको सांगठनिक क्षमता वृद्धि गर्नुका साथै बाल अधिकार प्रवद्र्धनमा सहयोग पुग्ने र टोल विकासमा बालबालिकाको सहभागिता हुने शाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताउनुभयो । वडास्तरमा बाल समूह गठनपछि वडास्तरीय बाल भेला आयोगना गरी बाल समूह सञ्जाल विकास गर्ने र वडास्तरीय कार्यक्रममा उनीहरुलाई सहभागी गराउने लामिछानेको भनाई छ ।
लामिछानेले सबै वडामा बाल समूह गठन र पुनर्गठनको कार्य अगाडि बढिरहेको बताउनुहुँदै बाल अधिकार संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न वडा बाल अधिकार समिति गठन गरी बालश्रम, बालविवाह, हिँसा न्यूनीकरण तथा बाल अधिकार समितिसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको बताउनुभयो ।