हेटौंडाः बागमती प्रदेशबाट यस वर्ष एक लाखभन्दा बढी परीक्षार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने भएका छन् । भोलि शुक्रबारदेखि सञ्चालन हुने एसईईमा एक लाख एक हजार ७ सय ३३ जना परीक्षार्थी सहभागी हुने भएका हुन् । प्रदेशका १३ जिल्लामध्ये काठमाडौंबाट सबैभन्दा बढी र रसुवाबाट सबैभन्दा कम परीक्षार्थी सहभागी हुँदैछन् । काठमाडौंबाट ३६ हजार ५ सय ७७ जना र रसुवाबाट ६ सय २८ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका हुन् ।
बागमती प्रदेशको भक्तपुरबाट ५ हजार ८ सय जना र ललितपुरबाट ९ हजार ८ सय ९९ जना परीक्षार्थी सहभागी हुनेछन् । काभ्रेपलाञ्चोकबाट ६ हजार ४ सय ३६ र सिन्धुपाल्चोकबाट ३ हजार ९ सय ८५ जना परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । यस्तै, नुवाकोटबाट ४ हजार ३ सय जना, रसुवाबाट ६ सय २८ जना, धादिङबाट ५ हजार ३ सय ८६ जना, मकवानपुरबाट ६ हजार ३ सय ३३ जना, चितवनबाट १० हजार ८ सय ५६ जना परीक्षार्थी सहभागी हुँदैछन् । रामेछापबाट ३ हजार २ सय २५ जना, दोलखाबाट ३ हजार ६२ जना, सिन्धुलीबाट ५ हजार २ सय ४१ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछ ।
काठमाडौंमा एक सय २३, भक्तपुरमा २३, ललितपुरमा ३५ वटा परीक्षा केन्द्र रहेका छन् । यस्तै, काभ्रेपलाञ्चोकमा ४०, सिन्धुपाल्चोकमा २४, नुवाकोटमा २४, रसुवामा ५, धादिङमा २८, मकवानपुरमा २५, चितवनमा ४२, रामेछापमा २२, दोलखामा १९ र सिन्धुलीमा २६ वटा परीक्षा केन्द्र तोकिएको छ । काठमाडौंमै सबैभन्दा बढी एक सय २३ वटा परीक्षा केन्द्र तोकिएको भने रसुवामा सबैभन्दा कम ५ वटा परीक्षा केन्द्र तोकिएको छ । बागमती प्रदेशमा ४ सय ३४ वटा परीक्षा केन्द्र तोकिएको छ । केन्द्राध्यक्ष ४ सय ३४ जना, सहायक केन्द्रध्यक्ष ७ सय ३७ जना, निरीक्षक ५ हजार ८६ जना, परीक्षा सहायक १ हजार ६४ जना, कार्यालय सहयोगी २ हजार ५५ जना र सुरक्षाकर्मी ६ हजार ५ सय १० जना एसईई परीक्षामा खटिने बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौंडाले बुधबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । निर्देशनालयका अनुसार १५ हजार ८ सय ८६ जना जनशक्ति एसईई परीक्षाका खटिनेछन् । काठमाडौंमा १ हजार ८ सय ४५ जना, भक्तपुरमा ३ सय ४५, ललितपुरमा ५ सय २५, काभ्रेपलाञ्चोकमा ६ सय, सिन्धुपलाञ्चोकमा ३ सय ६०, नुवाकोटमा ३ सय ६०, रसुवामा ७५, धार्दिङमा ३ सय ९०, मकवानपुरमा ३ सय ७५, चितवनमा ६ सय ३०, रामेछापमा ३ सय ३०, दोलखामा २ सय ८५, सिन्धुलीमा ३ सय ९० सुरक्षाकर्मी खटिने जनाएको छ ।
काठमाडौंमा १ हजार ८ सय २९ जना, भक्तपुरमा २ सय ९०, ललितपुरमा ४ सय ९५, काभ्रेपलाञ्चोकमा ३ सय ३२, सिन्धुपलाञ्चोकमा एक सय ९९, नुवाकोटमा २ सय १५, रसुवामा ३१, धार्दिङमा २ सय ६९, मकवानपुरमा ३ सय १७, चितवनमा ५ सय ४३, रामेछापमा एक सय ६१, दोलखामा एक सय ५३, सिन्धुलीमा २ सय ६२ जना परीक्षा निरीक्षक खटिनेछन् । बिहान ८ बजेदेखि सञ्चालन हुने एसईई परीक्षाका लागि प्रदेशभित्रका सबै जिल्लाका परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पु¥याइसकिएको जनाइएको छ । यस्तै, परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्नपत्र पुगिसकेको, केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण कार्यसमेत गरी परीक्षासम्बन्धी पूर्वतयारीको सम्पूर्ण कार्य सम्पन्न गरिसकिएको जनाइएको छ । २९ गतेसम्म सञ्चालन हुने परीक्षामा परीक्षालाई मर्यादित, भयरहित, निर्धक्करुपमा परीक्षा दिने वातावरण निर्माण गर्न अभिभावक, विद्यालयलाई आग्रह गरिएको छ । स्वास्थ्यमा सुरक्षा व्यवस्थापनका लागि नर्सलाई समेत व्यवस्थापन गर्न आग्रह गरिएको छ ।