विष्णुज्योति विद्यालयको व्यवस्थापन नयाँ कार्य समितिको सामुहिक तस्विर ।

हेटौंडाः हेटौंडा–१२, भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सूर्यबहादुर बल सर्वसम्मत चयन हुनुभएको छ । आइतबार समितिको बैठकले बलको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको सदस्यमा २ महिला अनिवार्य हुने गरी ४ जना सदस्य चयन गरिएको छ । सदस्यहरुमा तिलकबहादुर जर्गा, रामबहादुर स्याङ्तान, माया घलान र मालती मोक्तानलाई सर्वसम्मत चयन गरिएको छ । यस्तै, समाजसेवी तथा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका दुई जना व्यक्तिलाई पनि मनोनित गरिएको छ । सरस्वती थिङ र बललाई सदस्यमा मनोनित गरिएको बताउनुभयो । मनोनित गरिएका बललाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।

यसैगरी शिक्षक प्रतिनिधिमा भवानी थापा, वडा प्रतिनिधिमा रुक्मणि गोङ्बा रहनुभएको छ भने विद्यालयका प्रधानाध्यापक सुरेश लामा समितिको सदस्यसचिव रहनुभएको छ । फागुन १९ गते अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्य सर्वसम्मत चयन हुन सकेको थिएन । १३ जनाले समितिको सदस्यका लागि आकांक्षा राखेपछि सर्वसम्मत चयन हुन नसकेको विद्यालय व्यवस्थापन समितिले ९ दिनपछि पूर्णता पाएको हो ।