क्लबको भवन शिलान्यास गरिँदै ।

हेटौंडाः हेटौंडा–६, चौघडामा नवजीवन ज्योति क्लबको भवन शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले भवनको शिलान्यास गर्नु भएको हो ।

प्लाष्टिक विरुद्धको सुइरो अभियान सञ्चालन गरी राष्ट्रियस्तरको पुरस्कारबाट पुरस्कृत नवजीवन ज्योति क्लबले ३ तले भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि क्लबसँग पचास हजार रुपैयाँ पुँजी रहेको र वडाको ५ लाख बजेट रहेको क्लबका पूर्वअध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो । २ बर्षभित्र भवन निर्माण सम्पन्न गर्ने योजना रहेको श्रेष्ठले बताउनु भएको छ । भवन निर्माणमा उपमहानगरले पनि सहयोग गर्ने आश्वासन दिएको श्रेष्ठले जानकारी दिनुभयो ।

भवन शिलान्यास समारोहमा ६ नम्बर वडाका अध्यक्ष विष्णु बहादुर दाहाल, क्लबका अध्यक्ष राजकुमार बास्तोला, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाई, वशंगोपाल माविका प्रधानाध्यापक रमेश लामिछानेको उपस्थिति रहेको थियो ।