हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित हेटौंडा सिटी कलेजको तीन दिवसीय खेलकुद महोत्सव सुरु भएको छ । बिहीबार विहान बुद्वचोकमा दौड प्रतियोगिता आयोजना गर्दै महोत्सव सुरु गरेको हो । पहिलो दिन बिहीबार दौड, बुद्धिचाल, टेबलटेनिस, भलिबल र व्याड्मिन्टन प्रतियोगिता भएको छ ।

दौडमा राहुल ओजाय प्रथम, ओशिष प्रजा द्वितीय र रोहन चौधरी तृतीय हुन सफल भएका छन् । यस्तै, व्याड्मिन्टन प्रतियोगितामा सुमन श्रेष्ठ प्रथम, विकास तिमल्सिना र सृजन कार्की तृतीय हुन सफल भएका छन् । शनिबारसम्म हुने महोत्सवको दोस्रो दिन शुक्रबार क्रिकेट प्रतियोगिता हुनेछ । यसैगरी शनिबार फुटबल प्रतियोगिताको आयोजना गरी तिन दिवसीय खेलकुद महोत्सवको समापन गरिने सिटी कलेजकी प्रिया पाण्डेले जानकारी दिनुभयो ।