हेटौंडाः हेटौंडा–१८, मानेडाँडामा जंगली हात्तीको आक्रमणमा परी एकजना पुरुष घाईते भएका छन् । घाइते हुनेमा हेटौंडा–१८, मानेडाँडाका ३० वर्षीय देव वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीकाअनुसार बुधबार राति १० बजेर २५ मिनेटको समयमा घर नजिक वनबाट निस्केको जंगली हात्ती धपाउने क्रममा वाईबालाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते वाईबाकोे हेटौंैडा अस्पतालमा उपचार भइरहेकोे छ । वाइबाको शरीरमा बाहिरी चोट नदेखिए पनि दुवै खुट्टा र ढाडमा भित्री चोट लागेको प्रहरीले जानकारी दिएको छ ।