हेटौंडाः हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ । हेटांैडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा हुने फाइनल खेलमा उपाधी हात पार्न मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
मकवानपुर गोल्डकपमा पहिलो पटक हिमालयन शेर्पा र मनाङ भिड्न लागेको हो । दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधी आफ्नो पक्षमा पार्ने दावी गरेका छन् । मंगलबार मकवानपुर जिल्ला फुटबल संघले खेलमैदानमा आयोजना गरेको प्रिम्याच कन्फ्रेन्समा बोल्दै दुवै टोलीका प्रशिक्षक तथा कप्तानहरुले उपाधी आफ्नो पक्षमा हात पार्ने दावी गरेका हुन् । प्रिम्याच कन्फ्रेन्समा बोल्नुहुँदै मनाङका प्रशिक्षक शिव लामाले अहिले मनाङले खेलाडीको सेटमा परिवर्तन गरेको बताउनुभयो ।
यसअघि राष्ट्रिय टिमका खेलाडीहरुले भरिपूर्र्ण मनाङले अहिले दीर्घकालिन सोचले नयाँ र युवा खेलाडीहरुलाई क्लबमा भित्र्याएको उहाँले बताउनुभयो । मनाङमा आवद्ध विदेशी खेलाडीहरुको प्रद्धर्शन पनि राम्रै रहेकोले मनाङले सजिलै उपाधी जित्ने उहाँले दाबी गर्नुभयो । यस्तै मनाङका कप्तान दीप कार्कीले आफुहरु मनाङलाई उपाधी हात पार्ने लक्ष्यसहित मैदान उत्रने दावी गर्नुभएको छ । सवै चिनेका अनुहार र सँगै खेलेको खेलाडीहरु नै भएकाले गेम निकै प्रतिस्पर्धात्मक हुने कार्कीको भनाई छ । कार्की राष्ट्रिय फुटबल टिमका गोलरक्षक समेत हुन् ।
हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिमले उपाधी जित्ने दावी गर्नुभएको छ । विदेशी टिमलाई समेत हराउन सफल भएपछि खेलाडीमा उत्साह देखिएको उहाँको भनाइ छ । मनाङका खेलाडीहरु हिमालयन शेर्पाबाट खेलिसकेकाहरु पनि रहेकाले सबै खेलाडीको खेल थाहा भएको उहाँले बताउनुभयो । यस्तै हिमालयनका कप्तान विश्वास श्रेष्ठले आफ्नो टिमले फाइनल जित्ने लक्ष्य राखेर नै खेलिरहेको बताउनुभयो । टिमलाई उपाधी दिलाउन संघर्ष गरेरै फाइनलसम्म पु¥याएको र अब फाइनल पनि जिताउने श्रेष्ठले दावी गर्नुभयो । प्रिम्याच कन्फ्रेन्समा बोल्नुहुँदै मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामाले फाइनलमा प्रवेश गर्ने टिमका खेलाडीले नै बुलेट बाइक प्राप्त गर्ने बताउनुभएको छ । उहाँले यसमा कुनै शंका नगर्न समेत आग्रह गर्नुभयो ।
हिमालयनले पहिलो खेलमा बागमती युथ क्लब सर्लाहीलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरको थियो । क्वाटरफाइनलमा फेन्ड्स क्लब र सेमिफाइनलमा क्यामरुनको एभिनियर एफसीलाई हराउँदै हिमालयन शेर्पा फाइनलमा प्रवेश गरे हो । हिमालयनले भन्दा १ खेल कम खेलेको मनाङले क्वाटरफाइनलमा घरेलु टोली मकवानपुर–११ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो भने सेमिफाइनमा नेपाल एपिएफलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।
गोल्डकपको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ । बुलेट बाइकको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको हो ।