नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

हेटौंडाः हेटौंडा–५, सानोपोखरास्थित रिलायन्स इंग्लिस सेकेण्डरी बोर्डिङ्ग स्कूलको २२ औं अभिभावक दिवस आइतबार आयोजना गरिएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल केशवलाल श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यमा अभिभावक दिवस समारोह भएको हो ।

अभिभावक दिवसको अवसरमा विद्यार्थीले शैक्षिक प्रदर्शनी गरेका थिए । अभिभावक दिवसमा विद्यार्थीले नृत्य, गायन तथा नाट्य कला प्रस्तुत गरेका थिए । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ६ सय विद्यार्थी अध्ययन गरिरहेको प्रिन्सिपल दिनेश सुवेदीले जानकारी दिनुभयो ।

अभिभावक दिवसमा विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । १५ वर्ष भन्दा बढी समयदेखि कार्यरत शिक्षकलाई सम्मान गरिएको थियो ।