स्व. सुशील कोईराला

हेटौंडाः पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोईरालाको आज बिहीबार ८ औं स्मृति दिवस मनाईदै छ । नेपालको ३७ औं प्रधानमन्त्री बन्नु भएको कोइरालाको २०७२ माघ २६ गते निधन भएको थियो ।

उहाँको स्मृतिमा नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयमा स्मृति सभा आयोजना गरेको छ । कार्यक्रममा स्वर्गीय सुशील कोईरालाको स्मृतिमा माल्यार्पण गरिने आयोजकले जनाएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा हुने कार्यक्रममा पार्टीका कार्यकताहरुको उपस्थिति रहने छ ।