उम्मेदवारी घोषणा गर्दै बालगोपाल कँडेल ।

हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरको आसन्न अधिवेशनमा बालगोपाल कँडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका कँडेलले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी घोषणा गर्नुभएको हो ।

संघको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन माघ २८ र २९ गते हेटौंडामा हुँदैछ । निर्माण व्यवसायीका समस्यालाई बुझेको र निर्माण व्यवसायीको पेशालाई मर्यादित र व्यवस्थित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने बताउनुभएका कँडेलले सबैको साथ र सहयोगमा विजयी हुने दावी गर्नुभयो ।