हेटौंडाः मनहरी गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट बालिका घाईते भएकी छिन् । आइतबार साँझ साढे ७ बजेको समयमा सोही स्थानका आईतराम मोक्तानको अन्दाजी ३ वर्षीया छोरी ईसिका मोक्तानलाई प्रदेश ३–००२ प ६५५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट बालिकाको टाउकोमा चोट लागेको छ । दुर्घटनापश्चात् दुबैको सहमतिमा मोटरसाइकल चालकले उपचारको लागि हेटौंडाको सन्चो अस्पतालमा ल्याएका थिए । बालिकाको सामान्य उपचारपश्चात् राती ९ बजेको समयमा थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । बालिकाको परिक्षणको रिर्पोट आउन बाँकी रहेको र हालसम्म स्वास्थ्य अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।