हेटौंडाः बागमती प्रदेशको मन्त्री परिषद्मा मकवानपुरबाट २ मन्त्री नियुक्ति भएका छन् । राजनीतिक दलहरुमा सहमति भएअनुसार नै आज बुधबार मन्त्री परिषद्को नाम टुंगो लगाएको हो ।
मकवानपुर क्षेत्र नम्बर २ को “क” बाट निर्वाचित नेकपा माओवादी केन्द्रकी कुमारी मुक्तान सामाजिक विकास मन्त्रालयको मन्त्री हुनु भएको छ । उहाँले यसअघि पनि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
यस्तै, मकवानपुर क्षेत्र नम्बर १ को “ख” बाट निर्वाचित नेकपा एमालेका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्रालयमा नियुक्त हुनु भएको छ । उहाँ पहिलो पटक बागमती प्रदेशमा निर्वाचित हुनु भएको हो ।