गुगल तस्विर ।

हेटौंडाः हेटौंडा–१७ कर्रामा माछा मार्नका लागि करेण्ट मिलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार राति ९ बजेर ३० मिनेटको समयमा कर्रा जोडधारा खोलामा गुरौखोला बस्ने १८ वर्षीय अमृत तामाङ माछा मार्नका लागि करेण्ट मिलाउने क्रममा अचानक करेण्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि स्थानीयले हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा राति १० बजेर २९ बजे डाक्टरले मृत्यु भएको घोषणा गरेको हो । शव सोही अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।